दफा ७५
नेपाल सरकार वादी हुने
(१) यस ऐन बमोजिम कसूर ठहर्ने मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ मा समावेश भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको मुद्दामा अनुसन्धान गर्दा प्रहरीले नियन्त्रक वा अन्य सम्बन्धित विशेषज्ञको सहयोग लिनु पर्नेछ ।